लगानीकर्ताहरू अहिले क्षेत्रगत (सेक्टर) परिवर्तन गरिरहेका छन्।
केही समय अघिसम्म वित्त, विकास बैंक र लघुवित्त कम्पनीमा लगानी गरिरहेकाहरू आज होटल तथा पर्यटन समूहमा आकर्षित भएको देखिन्छ।
बजारमा छोटो अवधिका लागि लगानी गर्ने लगानीकर्ता बढेका कारण दिनै सेक्टर परिवर्तन हुने गरेको देखिन्छ।
एक दिन बढेको सेक्टर अर्को दिन घट्ने गरेको छ। पहिलो दिन बढेको सेयर दोस्रो दिन फेरि बढाएर खरिद गर्ने लगानीकर्ता नहुँदा दैनिक सेक्टर परिवर्तन हुने गरेको देखिएको छ।
सोही कारण बिहीबारको बजारमा अधिकांश होटल्स तथा पर्यटन कम्पनीको सेयरमूल्य बढेको छ।
यस्तै, अहिले पर्यटकको आगमन बढेको कारण पनि यस क्षेत्रमा लगानी बढेको देखिन्छ।
बिहीबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा बन्द भएको छ।
बिहीबारको बजारमा तीन अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बुधबार दुई अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५८ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१३ वटा धितोपत्रको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटाकै घटेको छ। यस्तै, १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन ओरियन्टल होटलको सेयरमूल्य सर्वाधिक ८.४६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७६९ रूपैयाँ कायम भएको छ।
यस्तै, सिटी होटलको सेयर मूल्य ७.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६२२ रूपैयाँ कायम भएको छ।
कुमारी सबल योजनाको मूल्य सर्वाधिक ८.४८ प्रतिशतले घटेको छ।
उक्त योजनाको इकाइ मूल्य ७ रूपैयाँ ९९ पैसा कायम भएको छ।
यस्तै, सबैको लघुवित्तको मूल्य ४.७६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८४० रूपैयाँमा झरेको छ।
बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५४८ रूपैयाँमा १६ करोड ९७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६१ रूपैयाँमा १४ करोड ४७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ।