राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ मा ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी साधान कर्जाको जोखिमभार घटाएको छ।
हाल बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जामा विद्यमान १२५ प्रतिशत जोखिमभार रहेको छ। अब भने यस्तो जोखिम भार घटाएर १०० प्रतिशत कायम गरिने भएको छ।
चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) हायरपर्चेच कर्जा गत असारको तुलनामा १६.९ प्रतिशतले घटेर एक खर्ब ३२ अर्बमा सीमित भएको छ।
गत वर्षको साउनदेखि चैतसम्मको तुलनामा भने यस्तो कर्जा २१.२४ प्रतिशतले घटेको हो।