केही दिनदेखि बढ्दो प्रवृत्तिमा देखिन थालेको नेप्से परिसूचकमा सोमबार पनि वृद्धिले निरन्तरता पाएको छ।
सोमबार अन्तरदिनको कारोबारमा २१ सय बिन्दु पार गरेको नेप्से बजार बन्द हुँदा २७.५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ।
नेप्से केही समयदेखि साइडवेज मुभमेन्टमा रहने गरेको छ। यसअघि २१२३ बिन्दुबाट बजार फर्किएर १९५३ बाट पुनः बढ्न थालेको हो। त्यसअघि पनि २२१५ सम्म पुगेको नेप्से १९६० सम्म पुगेर यसअघिको उचाई २१२३ सम्म पुगेको थियो।
जेठबाट घटेको ब्रोकर कमिसन र केही दिन अघि राष्ट्र बैंकले कर्जा विस्तारमा लाग्ने संकेत सहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेसँगै बढ्ने प्रयासमा रहेको नेप्सेले ऊर्जा पाएको हो।
यो ऊर्जाले नेप्सेलाई नयाँ उचाई दिनेमा लगानीकर्ताहरू आशावादी नै देखिएका छन्।
यस दिन कारोबार रकममा पनि सुधार आएको छ।
आइतबार ५ अर्ब २५ करोड १० लाख रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजारको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६० करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१५ वटा धितोपत्रको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस्तै, नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
उपकार लघुवित्तको मूल्य सर्वाधिक ७.४० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ८५२ रूपैयाँ कायम भएको छ।
यस्तै, श्रीजनशील लघुवित्तको मूल्य ६.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ७२६ रूपैयाँमा झरेको छ।
सोमबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६९३ रूपैयाँ ६० पैसामा १९ करोड ९२ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.७६ प्रतिशत बढेको हाे ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८२७ रूपैयाँमा १८ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक २.२३ प्रतिशतले बढेको छ।