नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ।
बैंकले भद्रपुर नगरपालिका वडा नं. ५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो।
यो शाखा गरी बैंकको शाखा संख्या २७२ पुगेको छ। नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको छ।
बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले नयाँ शाखाको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए।
हाल बैंकको २७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटिएम रहेको छ।