सूचीकृत ४८ मध्ये अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण प्रकाशित गरेका छन्।
कम्पनीहरूको वर्षभरीको कार्यसम्पादनको मूल्यांकन यिनै वित्तीय विवरणबाट हुन्छ। यस्ता वित्तीय विवरणको प्रभाव सेयर बजारमा समेत पर्छ।
पछिल्लो समय सेयरबजार बढ्दो क्रममा देखिएको छ। नेप्से २९ महिनायताकै उच्च विन्दुमा पुगेको छ भने दैनिक कारोबार रकम ३५ महिना यताकै उच्च पुगेको छ।
थोरै पुँजीका यी कम्पनीहरूमा सेयर आपूर्ति कम हुने भएकोले पनि आकर्षण उच्च छ। अहिले बजारमा मूल्यका आधारमा सबैभन्दा धेरै मूल्य हुने कम्पनीहरूमा यही लघुवित्त समूहका कम्पनीहरूको बाहुल्यता छ।
कतिपय लघुवित्त कम्पनीहरूको लाभांश क्षमता पनि राम्रै देखिएको छ। गत आर्थिक वर्ष भरीको वित्तीय विवरणमा लाभांश क्षमता समेत प्रकाशित गरेका ३० वटामा चार वटाको लाभांश क्षमता शून्य देखिएको छ भने बाँकीको १.४४ प्रतिशतदेखि १८४ प्रतिशतसम्म देखिएको छ।
यिनमा २० प्रतिशतभन्दा धेरै लाभांश दिन सक्ने क्षमताका लघुवित्त १५ वटा छन्।
उच्च लाभांश क्षमता देखिए पनि यी कम्पनीले क्षमता अनुसार सबै लाभांश दिन भने पाउँदैनन्।
यी कम्पनीहरूले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
कम्पनी |
लाभांश क्षमता % |
नेष्डो समृद्धि लघुवित्त |
१८४ |
युनिक नेपाल लघुवित्त |
१२५.६ |
छिमेक लघुवित्त |
५७.६४ |
साना किसान लघुवित्त |
४५.४ |
स्वावलम्बन लघुवित्त |
३३ |
महिला लघुवित्त |
२८.५९ |
नाडेप लघुवित्त |
२८.२१ |
माहुली लघुवित्त |
२८.०७ |
फरवार्ड माइक्रोफाइनान्स |
२५.२५ |
एनआइसी एशिया लघुवित्त |
२५.०७ |
श्रृजनशील लघुवित्त |
२४.८८ |
नेशनल लघुवित्त |
२४.११ |
डिप्रक्स लघुवित्त |
२४ |
आशा लघुवित्त |
२२.६२ |
आरम्भ चौतारी लघुवित्त |
२२.४१ |
मातृभूमी लघुवित्त |
१६.८३ |
मेरो माइक्रोफाइनान्स |
१४.९ |
सूर्योदय वमी लघुवित्त |
१३.७१ |
फर्स्ट माइक्रोफाइनान्स |
११.१ |
आरएसडिसी लघुवित्त |
१०.८७ |
ग्लोबल आइएमई लघुवित्त |
१०.५ |
इन्फिनिटी लघवित्त* |
६.४७ |
समता घरेलु लघुवित्त |
६.२९ |
विजय लघुवित्त |
६.२७ |
गणपति लघुवित्त |
३.३ |
निर्धन उत्थान लघुवित्त |
१.४४ |
एनएमबी लघुवित्त |
० |
अभियान लघुवित्त |
० |
ग्रामीण विकास लघुवित्त |
० |
उन्नति सहकार्य लघुवित्त |
० |
* कम्पनीले सच्याएको |