नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ।
नोट नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साट्न सकिनेछ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटही गर्ने व्यवस्था मिलाइएको पोखरेलले जानकारी दिए।
राष्ट्र बैंकले यसपालिको दसैं तिहारमा नयाँ नोट नछापेका कारण त्यसको सट्टा सुकिला नोट दिने व्यवस्था गरेको हो।
सटही सुविधा सुरू भएपछि बैंकमा नोट साट्ने ग्राहकहरूको चहलपहल बढेको छ।
तस्बिरहरूः
-ink-1727593252.jpeg)
-ink-1727593252.jpeg)
-ink-1727593252.jpeg)
-ink-1727593252.jpeg)
-ink-1727593253.jpeg)
-ink-1727593253.jpeg)
-ink-1727593253.jpeg)
-ink-1727593254.jpeg)
-ink-1727593254.jpeg)
-ink-1727593254.jpeg)
-ink-1727593253.jpeg)
-ink-1727593255.jpeg)
-ink-1727593255.jpeg)
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।