आइतबार सेयर बजार परिसूचक नेप्से ५.१५ अंकले घटेको छ।
बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक २५४०.५७ विन्दुमा आएको छ।
यसदिन कारोबार रकम सामान्य बढेको छ।
बिहीबार तीन अर्ब ४९ करोडको कारोबार भएकोमा आइतबार तीन अर्ब ८९ करोड रूपैयाँको कारोबार भएको हो।
कारोबारमा आएकामध्ये होटल, उत्पादनमूलक, र अन्य समूहगत परिसूचक बढेका छन्। यी समूहमा सामान्य सुधार देखिएको छ।
यसदिन तीन सय ३७ लगानी उपकरण कारोबारमा आउँदा एक सय १७ वटाको मूल्य बढेको छ। एक सय ९६ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
हालै सूचीकरण भएका ,सागर डिष्टिलरी, बुंगल हाइड्रो, बन्दिपुर केवलकारको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ।
कम्पनीको ६ सय ४४ रूपैयाँमा सेयर किनबेच भएको छ।
१०.७५ प्रतिशत ब्याजदर भएको सिद्धार्थ बैंकको ८९ को ऋणपत्रको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ।
कम्पनीको २८ करोड ९० लाख रूपैयाँको सेयर किनबेच भएको हो।