सोमबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। सोमबार नेप्से ५०.४४ अंकले बढेर २६५०.६६ विन्दु पुगेको हो।
नेप्सेले सजिलै २६ सयको विन्दु पार गरेको छ। यसदिन कारोबार रकम समेत बढेर सात अर्ब रूपैयाँ पुगेको छ। सोमबार सात अर्ब तीन करोड रूपैयाँको कारोबार भएको हो।
२० दिनपछि आइतबार कारोबार रकम ६ अर्ब कटेको थियो। सो समय सात अर्ब, नौ अर्ब हुँदै कारोबार रकम ६ अर्बमा झरेको थियो। अहिले भने दिनदिनै कारोबार रकम
बढ्न थालेको छ।
राजनीतिक दलहरू निर्वाचनमा जाने र राष्ट्र बैंकबाट समेत मोद्रिक नीतिको पहिलो समिक्षा लचिलो आउने संकेतले बजारमा वृद्धि देखिएको हो।
बजारमा कारोबारमा आएकामध्ये जीवन बीमा समूहमा धेरै वृद्धि देखिएको छ। आइतबार जीवन बीमा समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ।
आन्दोलन र असोज दोस्रो साताको बाढीको प्रभाव यो समूहमा नदेखिएको र सेयर मूल्य निकै तल आर्लिएकोले यो समूहमा आकर्षण देखिदै आएको थियो।
आइतबार निर्जीवन बीमा, होटल र लघुवित्त समूहमा पनि उच्च दरले वृद्धि भएको छ। यी समूह १.९३ प्रतिशतदेखि २.९९ प्रतिशतसम्म बढेका छन्।
कारोबारमा आएका तीन सय ३० लगानी उपकरण्मध्ये दुई सय ४७ वटाको मूल्य बढेका छन्, ६९ वटाको सेयर मूल्य घटेका छन्। बाँकीको स्थिर छ।
हालै सूचीकृत झापा इनर्जी, सागर डिष्टिलरी, बन्दिपुर केवल कार र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।
त्यस्तै, स्वस्तिक लघुवित्तको पनि सेयर मूल्य पनि करिब १० प्रतिशत बढेको छ।
माबिलुङको सेयर मूल्य ४.४ प्रतिशतले घटेको छ।
यसदिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी छ। कम्पनीको २४ करोड ८१ लाख रूपैयाँको कारोबार भएको छ।