साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेरै बजार बन्द भएको छ।
नेप्से परिसूचक १०.४३ अंकले बढेर बजार बन्द भएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २६७६ विन्दुमा आइपुगेको छ।
केही दिनदेखि नेप्सेले २६५० देखि २६८० को विन्दुमा प्रतिरोध सामना गरिरहेको छ। यो प्रतिरोध पार गरेमा २८ सय विन्दुलाई लक्ष्य बनाएर अघि बढ्छ।
बजार बढेपनि कारोबार रकम भने थोरैले घटेको छ।
बुधबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको बिहीबार ६ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको हो।
वित्त कम्पनी, उत्पादनमुलक, लघुवित्त, सामूहिक अन्य र व्यापारमुलक समूह घटेका छन्।
कारोबारमा आएका तीन सय ३३ लगानी उपकरणमध्ये एक सय ६८ वटाको मूल्य बढेका छन्, एक सय ४५ वटाको सेयर मूल्य घटेका छन्। बाँकीको स्थिर छ।
झापा इनर्जी, सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।
हिमस्टार उर्जाको को सेयर मूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशतले घटेको छ। यसदिन सबैभन्दा धेरै कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी छ।
कम्पनीको करिब ४० करोड १७ लाख रूपैयाँको कारोबार भएको छ।