सातको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक बढेको छ।
नेप्से ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा बन्द भएको छ।
नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ४ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब १७ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३३५ वटा धितोपत्रको एक करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १३७ कम्पनीको सेयरमूल्य बढेको छ भने ११८ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्।
यसदिन साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५८४ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.२६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५६७ रूपैयाँ ५० पैसा पुगेको छ।
यसैगरी, नबिल बैंक डिबेन्चरको मूल्य सर्वाधिक घटेको छ।
उक्त डिबेन्चरको मूल्य ३.६० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ७७ रूपैयाँ पुगेको छ।
यस्तै, श्रीनगर एग्रिटेकको मूल्य ३.५७ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ३२० रूपैयाँ कायम भएको छ।
बिहीबार अपी पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३१२ रूपैयाँ ४० पैसामा ३२ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३५२ रूपैयाँमा २१ करोड १३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो।
यसमध्ये निजीवन बीमा समूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले बढेको छ।