बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा बन्द भएको छ।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४२ वटा धितोपत्रको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशत, सूर्यकुन्ड हाइड्रो र शिखर पावरको सेयर मूल्य १४.९९ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा होटल फरेस्ट इन रहेको छ।
उक्त कम्पनीको मूल्य १०.७५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २३७ रूपैयाँमा झरेको छ
यसैगरी, एसियन हाइड्रोपावरको मूल्य ८.३८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५३६ रूपैयाँमा सीमित भएको छ।
बुधबार नेसनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३१० रूपैयाँमा ४१ करोड ३४ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको चार हजार २३० रूपैयाँमा ३२ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ बाँकी सबै आठ समूहको परिसूचक घटेको छ।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।