सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा बन्द भएको छ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
शुक्रबार ५ अर्ब २७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५१ वटा धितोपत्रको एक करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र सिटी होटलमा सकारात्मक सर्किट लागेको छ।
सर्वाधिक मूल्य घट्नेमा निफ्रा ग्रिन इनर्जी डिबेन्चर रहेको छ।
उक्त डिबेन्चरको मूल्य १४.०१ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ३२ रूपैयाँमा झरेको छ
यसैगरी, माइखोला हाइड्रोपावर मूल्य १०.०१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६५२ रूपैयाँमा सीमित भएको छ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको चार हजार २१२ रूपैयाँमा ३० करोड ७४ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३९६ रूपैयाँ ७० पैसामा २६ करोड १८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ बाँकी पाँच समूहको परिसूचक घटेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशतले बढेको छ।