बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
मंगलबार २६.१६ र बुधबार २५.८१ अंक गरी दुई दिनमा नेप्से ५४.९७ अंकले घटेको हो।
नेप्से २७४४.४५ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ६ अर्ब ५३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५१ वटा धितोपत्रको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर किनबेच भएको हो।
बुधबार ३० कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्।
यसदिन, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १३.८१ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ६७८ रूपैयाँ पुगेको छ।
यस्तै, नेपाल लाइफ समृद्धि लगानी योजनाको मूल्य ३.८७ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६७ पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा केबिएल डिबेन्चर रहेको छ।
उक्त डिबेन्चरको मूल्य ११.४६ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार २८८ रूपैयाँ ३० पैसामा झरेको छ
यसैगरी, शिखर पावरको मूल्य ९.९२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९०२ रूपैयाँ ६० पैसामा सीमित भएको छ।
बुधबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको तीन हजार ८१० रूपैयाँ १० पैसामा २४ करोड १९ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.७५ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा पाल्पा सिमेन्ट रहेको छ। उक्त कम्पनीको ९५८ रूपैयाँ १० पैसामा २० करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक बढेको छ बाँकी १० समूहको परिसूचक घटेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशतले घटेको छ।