चालु आर्थिक वर्ष २०८२-८३ को नौ महिना (साउनदेखि चैत) सम्ममा रेमिटेन्स १६ खर्ब ५९ अर्ब भित्रिएको छ।
गत आर्थिक वर्ष २०८१-८२ यही अवधिमा भने ११ खर्ब ९२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
गत आर्थिक वर्षको तुलनामा रेमिटेन्स ३९.१४ प्रतिशतले बढेको हो।
चैत एक महिनामा मात्रै दुई खर्ब नौ अर्ब रेमिटेन्स भित्रिएको हो।
६ महिनापछि मासिक दुई खर्ब रूपैयाँभन्दा धेरै रेमिटेन्स भित्रिएको हो।
फागुन एक महिनामा भने एक खर्ब ८८ अर्ब रूपैयाँ भित्रिएको थियो।
साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
नौ महिनामा नौ अर्ब ५२ करोड रूपैयाँ रेमिटेन्स बाहिरीएको छ। गत वर्षको यही अवधिमा ७ अर्ब ६८ करोड रूपैयाँ बाहिरिएको थियो।
यो नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि ३.३६ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षको यही अवधिका ६ लाख ७ हजार जनाले नयाँ र पुन श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या पाँच लाख ८७ हजार छन्।
इरान र इसाराइलमा जारी द्वन्द्वको कारण वैदेशिक रोजगारी प्रभावित भएकोले जानेको संख्या घटेको हो।
चैतको करिब दोस्रो साता केही दिन नेपालबाट मध्य पूर्वमा हुने हवाइ उडान नै रोकिएको थियो।