कुनै कम्पनीमा जागिर खानु र केही वर्षमै करोडौँ डलरको सम्पत्तिको मालिक बन्नु धेरैका लागि सपना हुन सक्छ।
तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकका अधिकांश कर्मचारीका लागि यो सपना रहेन।
कम्पनी सेयर बजारमा प्रवेश गरेसँगै पाँच हजारभन्दा बढी कर्मचारीमध्ये करिब ९६ प्रतिशतको नाममा रहेको सेयरको मूल्य १० लाख डलरभन्दा माथि पुगेको छ।
त्यसमध्ये करिब ६०० कर्मचारीको सेयर मूल्य १० करोड डलरभन्दा बढी छ।
कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मार्फत प्रतिकित्ता ८३ डलरमा सेयर बिक्री गरेको थियो।
बिहीबार कारोबार सुरु हुँदा सेयर मूल्य तीव्र रूपमा बढ्यो।
पछि केही घटे पनि बजार बन्द हुँदा प्रतिकित्ता ९७ डलर १७ सेन्ट कायम भयो। यो आइपिओ मूल्यभन्दा १७ प्रतिशत बढी हो। अमेरिकी प्रविधि कम्पनीहरूको सेयर कारोबार हुने नास्डाक परिसूचक भने त्यही दिन घटेको थियो।
नियामक निकायमा बुझाइएको विवरणअनुसार यस वर्ष सेप्टेम्बरसम्म एन्थ्रोपिकमा पाँच हजार तीन सय कर्मचारी थिए।
निजी कम्पनीको सेयरको मूल्यांकन गर्ने हिल डटकमको अनुमानअनुसार तीमध्ये करिब पाँच हजार एक सय कर्मचारीको सेयर मूल्य १० लाख डलरभन्दा बढी पुगेको छ। करिब दुई हजार आठ सय कर्मचारीको सेयर मूल्य एक करोड डलरभन्दा माथि छ भने करिब ६ सय कर्मचारीको सेयर मूल्य १० करोड डलर नाघेको छ।
कम्पनीका कर्मचारीलाई आन्तरिक रूपमा ‘एन्ट्स’ भनिन्छ। उनीहरूमध्ये धेरैका लागि कम्पनीको सेयर बजार प्रवेश केवल व्यावसायिक उपलब्धि रहेन, आर्थिक जीवन नै बदल्ने अवसर बन्यो।
हिल डटकमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एन्ड्र्यु बेन्सनका अनुसार एन्थ्रोपिकका कर्मचारी यति छोटो समयमा धनी बन्नु नै सबैभन्दा आश्चर्यजनक पक्ष हो।
‘एन्थ्रोपिक तीव्र गतिमा अघि बढिरहेको कम्पनी हो भन्ने केही समयदेखि स्पष्ट थियो। यही कारण कर्मचारीले कम्पनी छाड्दा गुमाउनुपर्ने अवसरबारे सोचेर बाहिरिने निर्णय गरेनन्,’ बेन्सनले सिएनएनसँग भनेका छन्।
प्रविधि क्षेत्रमा नयाँ कम्पनीहरूले कर्मचारीलाई तलबसँगै सेयर दिने अभ्यास सामान्य हो। सुरुवाती चरणमा नगद कम हुने यस्ता कम्पनीले भविष्यमा कम्पनी बिक्री हुँदा वा सेयर बजारमा सूचीकृत हुँदा ठूलो आर्थिक लाभ पाउने आशा देखाउँछन्।
यही सम्भावनाले कर्मचारीलाई कम्पनीमै टिकिरहन र लामो समयसम्म काम गर्न प्रेरित गर्छ। तर एन्थ्रोपिकको सफलता र कर्मचारीले पाएको लाभको परिमाण भने असाधारण छ।
सन् २०२१ मा स्थापना भएको एन्थ्रोपिकमा सन् २०२४ को अन्त्यसम्म एक हजारभन्दा कम कर्मचारी थिए।
त्यसको एक वर्ष नपुग्दै कर्मचारी संख्या पाँच हजार तीन सय पुगेको थियो। कम्पनीको तीव्र विस्तारसँगै सेयरको मूल्य पनि बढ्यो। यसले कम्पनीमा सुरुवाती चरणमै जोडिएका कर्मचारीलाई ठूलो आर्थिक लाभ दिलाएको छ।
बेन्सनका अनुसार यस्ता कम्पनीमा कर्मचारीको पदभन्दा कम्पनीमा कहिले प्रवेश गरियो भन्ने कुराले आर्थिक लाभ निर्धारण गर्न बढी भूमिका खेल्छ।
सन् २०२३ वा २०२४ मा कम्पनी प्रवेश गरेका तल्लो तहका कर्मचारीले पनि यस वर्षको सुरुवातमा कम्पनीमा आएका वरिष्ठ कर्मचारीभन्दा बढी आर्थिक लाभ पाउन सक्ने उनको भनाइ छ।
‘आर्थिक लाभका हिसाबले वरिष्ठ हुनुभन्दा सुरुमै कम्पनीमा जोडिनु बढी महत्त्वपूर्ण हुन्छ,’ बेन्सनले भनेका छन्।
एन्थ्रोपिकको सफलताले कर्मचारीलाई मात्र होइन, कम्पनीमा सुरुवाती चरणमै विश्वास गरेर लगानी गर्ने भेन्चर क्यापिटल कम्पनीहरूलाई पनि अर्बौं डलरको लाभ दिलाएको छ।
आइपिओ मूल्यका आधारमा एन्थ्रोपिकका ठूला लगानीकर्ताको सेयरको संयुक्त मूल्य करिब एक खर्ब ५० अर्ब डलर पुगेको छ।
सान फ्रान्सिस्कोमा रहेका लाइटस्पिड भेन्चर पार्टनर्स र आइकोनिक नामका दुई लगानी कम्पनीको एन्थ्रोपिकमा झन्डै दुई–दुई प्रतिशत सेयर हिस्सा छ।
उनीहरूको सेयरको मूल्य आइपिओ मूल्यका आधारमा २५ अर्ब डलरभन्दा बढी पुगेको छ। लाइटस्पिडले एन्थ्रोपिकमा करिब तीन अर्ब ४० करोड डलर र आइकोनिकले ६ अर्ब डलरभन्दा बढी लगानी गरेका थिए। यसबाट दुवै कम्पनीले अर्बौँ डलरको प्रतिफल पाउने भएका छन्।
साना लगानी कम्पनीले पनि उल्लेख्य लाभ पाउने भएका छन्। अभिनेता एस्टन कुचर र संगीत क्षेत्रका व्यवस्थापक गाइ ओसेरीले स्थापना गरेको साउन्ड भेन्चर्सले सन् २०२३ मा एन्थ्रोपिकमा लगानी गरेको थियो।
पछि उसले कम्पनीको करिब शून्य दशमलव पाँच प्रतिशत सेयर हिस्सा जुटाएको थियो। त्यस्तै, एन्थ्रोपिक स्थापना भएकै समयतिर पूर्व इन्जिनियर सोल बियरले सुरु गरेको फ्याक्टोरियल फन्ड्सले कम्पनीमा कुल ५६ करोड ५० लाख डलर लगानी गरेको थियो। आइपिओ मूल्यका आधारमा उक्त लगानीबाट उसले करिब १९ गुणा प्रतिफल पाउने देखिएको छ।
एन्थ्रोपिकको यो सफलताले यसअघि सेयर बजारमा प्रवेश गरेको अन्तरिक्ष कम्पनी स्पेसएक्सको उदाहरणलाई पनि सम्झाएको छ।
स्पेसएक्सले दुई दशकभन्दा लामो समय निजी कम्पनीका रूपमा काम गरेपछि गत जुनमा सेयर बजारमा प्रवेश गरेको थियो।
हिल डटकमको अनुमानअनुसार त्यसबाट कम्पनीका करिब चार हजार चार सय कर्मचारी करोडपति बनेका थिए। त्यतिबेला स्पेसएक्समा २२ हजार कर्मचारी थिए। एन्थ्रोपिकमा कर्मचारी संख्या तुलनात्मक रूपमा कम भए पनि करोडपति बन्नेहरूको अनुपात निकै ठूलो छ।
एन्थ्रोपिकको आइपिओको अर्को विशेषता कर्मचारीले पहिलो दिनदेखि नै आफ्नो सेयरको केही हिस्सा बिक्री गर्न पाउने व्यवस्था हो।
सामान्यतया कम्पनी सेयर बजारमा सूचीकृत भएपछि संस्थापक र कर्मचारीलाई निश्चित अवधिसम्म सेयर बिक्री गर्न रोक लगाइन्छ। यस्तो अवधिलाई ‘लकअप पिरियड’ भनिन्छ, जुन प्रायः तीनदेखि छ महिनासम्म हुन्छ।
तर एन्थ्रोपिकले भने फरक व्यवस्था गरेको छ।
कम्पनीको सेयर कारोबार सुरु भएलगत्तै संस्थापकबाहेकका भित्री लगानीकर्ता तथा कर्मचारीले आफ्नो सेयरको १० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरिएको छ। यद्यपि, पहिलो दिनमै कति कर्मचारीले सेयर बिक्री गरे भन्ने स्पष्ट भएको छैन।
कम्पनीको सफलताले सिलिकन भ्यालीमा उत्सवको माहोल पनि सिर्जना गरेको छ। एन्थ्रोपिकको सेयर कारोबार सुरु भएको दिन न्युयोर्कस्थित नास्डाकको उद्घाटन समारोहमा सहभागी हुन कम्पनीका सुरुवाती लगानीकर्ता पुगेका थिए।
उनीहरूले अन्य लगानीकर्तासँग भेटघाट र कम्पनीको सफलताको खुसी मनाउने कार्यक्रम राखेका थिए। बिहीबार साँझ न्युयोर्कका विभिन्न ठाउँमा लगानीकर्ताले रात्रिभोज आयोजना गरेका थिए। आगामी केही सातासम्म उत्सव जारी रहने अपेक्षा गरिएको छ।
एन्थ्रोपिक र ओपनएआईजस्ता कम्पनीले निजी अवस्थामै ठूलो मूल्यांकन हासिल गरेपछि भेन्चर क्यापिटल कम्पनीहरूले पनि ठूलो आकारका कोष जुटाउन थालेका छन्। यसले अन्य एआई स्टार्टअपको मूल्यांकनसमेत बढाएको छ। तर ठूलो प्रतिफलको आशामा धेरै नयाँ कम्पनीमा लगानी गर्दा तीमध्ये धेरै असफल हुन सक्ने र पुँजी खेर जाने जोखिम पनि रहेको लगानीकर्ताहरूको चिन्ता छ।
एन्थ्रोपिकमा लगानी नगरेको सफायर भेन्चर्सका सहसंस्थापक जय दासका अनुसार कम्पनी बिक्री वा सेयर बजार प्रवेशबाट प्राप्त हुन सक्ने लाभबारे लगानीकर्ताको सोच नै बदलिएको छ। ठूलो प्रतिफलको सम्भावनाले लगानीकर्तालाई आकर्षित गरे पनि सबै कम्पनी सफल नहुने र सिलिकन भ्यालीमा आवश्यकताभन्दा बढी लगानी हुन सक्ने उनको आकलन छ।
कर्मचारी र लगानीकर्ताको सम्पत्ति बढ्नुको प्रभाव कम्पनीमा मात्रै सीमित नहुने देखिएको छ। एन्थ्रोपिकका अधिकांश कर्मचारी अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रित छन्। प्रविधि क्षेत्रबाट सिर्जना हुने नयाँ सम्पत्तिले यसअघि नै महँगो रहेको उक्त सहरको आवास बजारमा थप दबाब पार्न सक्ने अनुमान गरिएको छ।
हिल डटकमका प्रमुख कार्यकारी बेन्सन पनि सान फ्रान्सिस्कोको डाउनटाउन क्षेत्रमा बस्छन्। उनका अनुसार केही वर्षअघिको तुलनामा निजी विमानमा यात्रा गर्ने मानिसको संख्या उल्लेख्य बढेको छ। प्रविधि कम्पनीबाट सिर्जना भएको नयाँ सम्पत्तिको प्रभाव सहरको जीवनशैलीमा समेत देखिन थालेको उनको भनाइ छ।
घरजग्गा कारोबारसम्बन्धी कम्पनी रेडफिनका अनुसार सान फ्रान्सिस्कोमा गत अक्टोबरमा एउटा घरको औसत बिक्री मूल्य १७ लाख डलर पुगेको थियो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १९ प्रतिशत बढी हो। त्यसको तुलनामा अमेरिकाभर घरको औसत मूल्य भने लगभग स्थिर रहँदै चार लाख १६ हजार सात सय डलर थियो।
यसरी एन्थ्रोपिकको सेयर बजार प्रवेशले हजारौँ कर्मचारी र लगानीकर्ताको आर्थिक हैसियत एकैपटक बदलिदिएको छ।
कुनै समय ठूला लगानीकर्ताले समेत पत्याउन नसकेको कम्पनी अहिले सिलिकन भ्यालीमा नयाँ धनाढ्यहरू जन्माउने माध्यम बनेको छ।
यसको सफलताले एआई क्षेत्रमा लगानीको दौडलाई थप तीव्र बनाएको छ। तर नयाँ सम्पत्तिले सान फ्रान्सिस्कोको आवास बजारदेखि समग्र प्रविधि उद्योगको लगानी प्रवृत्तिसम्म कस्तो प्रभाव पार्छ भन्ने प्रश्न पनि सँगसँगै उठेको छ।
एन्थ्रोपिकका लगभग सबै कर्मचारी करोडपति!
कुनै कम्पनीमा जागिर खानु र केही वर्षमै करोडौँ डलरको सम्पत्तिको मालिक बन्नु धेरैका लागि सपना हुन सक्छ।
तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकका अधिकांश कर्मचारीका लागि यो सपना रहेन।
कम्पनी सेयर बजारमा प्रवेश गरेसँगै पाँच हजारभन्दा बढी कर्मचारीमध्ये करिब ९६ प्रतिशतको नाममा रहेको सेयरको मूल्य १० लाख डलरभन्दा माथि पुगेको छ।
त्यसमध्ये करिब ६ सय कर्मचारीको सेयर मूल्य १० करोड डलरभन्दा बढी छ।