सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा बन्द भएको छ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ५ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४६ वटा धितोपत्रको एक करोड १३ लाख ८३ हजार ४३१ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४९८ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, सेन्ट्रल फाइनान्सको मूल्य १३.६७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६०७ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा नबिल डिबेन्चर रहेको छ।
उक्त कम्पनीको मूल्य ४.५९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४० रूपैयाँमा झरेको छ
यसैगरी, बुंगल हाइड्रोको मूल्य ४.४९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६९७ रूपैयाँ २० पैसामा सीमित भएको छ।
मंगलबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४३९ रूपैयाँ ९० पैसामा ४६ करोड ७६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.०६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको एक हजार १४६ रूपैयाँ ५० पैसामा २६ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्येउत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक ३.८४ प्रतिशतले बढेको छ।