बुधबार सेयर बजारमा निर्जीवन बीमा कम्पनीमा लगानीकर्ताहरूको आकर्षण बढेको छ।
सरकारले बजेटमा सवारी साधानमा तेस्रो पक्ष बीमाको बीमांक रकम बढाएर दोब्बर पुर्याएपछि त्यसको प्रभाव देखिएको हो।
सरकारले तेस्रो पक्ष बीमाको बीमांक रकम ५ लाख रूपेयाँबाट १० लाख रूपैयाँ पुर्याएको छ।
यसले निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा समेत वृद्धि हुने भएकोले आकर्षण बढेको हो।
नेप्से परिसूचक २.६६ अंकले बढ्दा निर्जीवन बीमाको समूहगत परिसूचक ३.३७ प्रतिशतले बढेको छ।
बजेटले गरेको अन्य व्यवस्थाले समेत निर्जीवन बीमा कम्पनीको व्यवसाय बढ्ने सम्भावना छ।
बजेटले दुर्घटना बीमा, घातक रोग बीमा र ढुवानी सेवा बीमा पनि अनिवार्य गर्ने घोषणा गरेको छ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ।
मंगलबार ५ अर्ब २६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४७ वटा धितोपत्रको एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।
यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५७२ रूपैयाँ ९० पैसा पुगेको छ।
यस्तै, एसबिएल डिबेन्चरको मूल्य १४.९३ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार २०१ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ।
उक्त कम्पनीको मूल्य ५.१८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ८७ रूपैयाँमा १० पैसामा झरेको छ
यसैगरी, एनबिबिएल डिबेन्चरको मूल्य ३.५६ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ८३ रूपैयाँमा सीमित भएको छ।
बुधबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४४० रूपैयाँमा ४४ करोड २३ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.०२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको एक हजार ८७ रूपैयाँ १० पैसामा २१ करोड ८५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।