बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ५ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ७० करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५३ वटा धितोपत्रको एक करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।
यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६५८ रूपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, न्यादी हाइड्रोपावरको मूल्य ९.१६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ४२९ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा एसबिएल डिबेन्चर रहेको छ।
उक्त डिबेन्चरको मूल्य १०.४८ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ७५ रूपैयाँमा १० पैसामा झरेको छ
यसैगरी, विजय लघुवित्तको मूल्य ४.६९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७१२ रूपैयाँमा सीमित भएको छ।
बिहीबार एभरेस्ट बैंकको डिबेन्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको एक हजार १४५ रूपैयाँमा ३४ करोड १ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.४२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ४२२ रूपैयाँ १० पैसामा ३२ करोड ५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशतले घटेको छ।