सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
शुक्रबार ५ अर्ब ६२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ८ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५६ वटा धितोपत्रको ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।
यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८७१ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, क्रेस्ट माइक्रो लाइफको मूल्य १३.११ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ४१९ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा उपकार लघुवित्त रहेको छ।
उक्त कम्पनीको मूल्य ७.१४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ९९० रूपैयाँमा झरेको छ
यसैगरी, सयपत्री हाइड्रोपावरको मूल्य ६.०१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५९४ रूपैयाँमा सीमित भएको छ।
सोमबार सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ६४५ रूपैयाँमा २० करोड ४६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.३८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा लक्ष्मी बैंक डिबेन्चर रहेको छ। उक्त डिबेन्चरको एक हजार १४४ रूपैयाँ ८० पैसामा १७ करोड १७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले घटेको छ।