मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार ४ अर्ब ८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५७ वटा धितोपत्रको एक करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।
यसदिन सोपान फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३४९ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, कालिन्चोक हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार १ रूपैयाँ ८० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा क्रेस्ट माइक्रो लाइफ रहेको छ।
उक्त कम्पनीको मूल्य ९.१६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २८९ रूपैयाँमा झरेको छ
यसैगरी, सामुदायिक लघुवित्तको मूल्य ७.३७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २१९ रूपैयाँमा सीमित भएको छ।
मंगलबार एग्रिकल्चर बन्डको सर्वाधिक कारोबार भएको छ।
उक्त बन्डको एक हजार रूपैयाँमा ५७ करोड रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सेन्ट्रल फाइनान्स रहेको छ। उक्त कम्पनीको ६६४ रूपैयाँमा ३५ करोड ९० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ।