बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ६ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५६ वटा धितोपत्रको ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १५२ रूपैयाँ पुगेको छ।
यस्तै, सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतका दरले बढेर प्रति कित्ता मूल्य क्रमशः ४०२ रूपैयाँ १० पैसा र ३४४ रूपैयाँ ६० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा प्रभु बैंक डिबेन्चर रहेको छ।
उक्त डिबेन्चरको मूल्य ८.७१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १३२ रूपैयाँमा झरेको छ
यसैगरी, उपकार लघुवित्तको मूल्य ८.३४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ९७९ रूपैयाँमा सीमित भएको छ।
बुधबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४०५ रूपैयाँमा २८ करोड रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको एक हजार २० रूपैयाँमा २० करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ।