बिहीबार नेप्से परिसूचक घटेको छ।
नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५० वटा धितोपत्रको ९२ लाख ३१ हजार २१६ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।
यसदिन सोपान फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४६२ रूपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, एपोलो हाइड्रोपावरको मूल्य १४.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३९६ रूपैयाँ २० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ।
उक्त कम्पनीको मूल्य १३.५१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८७७ रूपैयाँ ९० पैसामा झरेको छ
यसैगरी, प्रभु बैंक डिबेन्चरको मूल्य ५.८० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ५५ रूपैयाँमा सीमित भएको छ।
बिहीबार सिटी होटलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४३९ रूपैयाँमा २३ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सेन्ट्रल फाइनान्स बैंक रहेको छ। उक्त कम्पनीको ६५८ रूपैयाँमा १७ करोड ५६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये २ समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशतले घटेको छ।