शुक्रबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ४ अंकले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
बिहीबार ३ अर्ब ९० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४२ वटा धितोपत्रको ९८ लाख २४ हजार ८६८ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।
यसदिन सोपान फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३१ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, एपोलो हाइड्रोपावरको मूल्य पनि १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ४५५ रूपैयाँ ६० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा कालिन्चोक हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य १०.६६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ६६ रूपैयाँमा झरेको छ
यसैगरी, सिटिजन बैंक डिबेन्चरको मूल्य ८.२८ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १९२ रूपैयाँ ३० पैसामा सीमित भएको छ।
शुक्रबार सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ६५९ रूपैयाँमा २५ करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सिटी होटल रहेको छ। उक्त कम्पनीको ४३० रूपैयाँ १० पैसामा २४ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ।