मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ५ अर्ब ९० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ४ अर्ब ४२ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४२ वटा धितोपत्रको एक करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच भएको हो।
आज ९८ कम्पनीको सेयरमूल्य बढेको छ भने १६६ वटाको घटेको छ। यस्तै १३ कम्पनी स्थिर छन्।
एभरेस्ट कलरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ८६१ रूपैयाँ पुगेको छ।
यस्तै, लक्ष्मी उन्नति कोषको मूल्य ९.१० प्रतिशतले बढेर प्रति इकाइ मूल्य १० रूपैयाँ ९१ पैसा कायम भएको छ।
यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ६.०७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९६० रूपैयाँमा झरेको छ।
यसैगरी, सिद्धार्थ इक्विटी फण्डको मूल्य ५.८७ प्रतिशतले घटेर कित्ता मूल्य ९ रूपैयाँ ७९ पैसामा सीमित भएको छ।
मंगलबार सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६५४ रूपैयाँ २० पैसामा २७ करोड १४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ।
उक्त कम्पनीको ३७२ रूपैयाँमा २१ करोड २१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ।