बुधबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ४ अर्ब ४२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ४ अर्ब २ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४३ वटा धितोपत्रको ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर किनबेच भएको हो।
आज ७८ कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ वटाको घटेको छ। यस्तै ११ कम्पनी स्थिर छन्।
एभरेस्ट कलरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ९९० रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, स्नो रिभर्सको मूल्य ४.९० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९७१ रूपैयाँ ४० पैसा कायम भएको छ।
यसैगरी, गरिमा समृद्धि योजनाको मूल्य सर्वाधिक ६.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९ रूपैयाँ ७७ पैसामा झरेको छ।
यसैगरी, सिभिल बैंक डिबेन्चर २०८८को मूल्य ६.०१ प्रतिशतले घटेर डिबेन्चर मूल्य एक हजार २३५ रूपैयाँमा सीमित भएको छ।
बुधबार हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३९४ रूपैयाँ ७० पैसामा २२ करोड ४८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.३५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा खानीखोला हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको २९५ रूपैयाँमा २१ करोड १७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।