बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १३.८५ अंकले घटेर २५३१.३५ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ४ अर्ब १९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४१ वटा धितोपत्रको एक करोड पाँच लाख ८८ हजार ६५३ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
लिभर्टी इनर्जीको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २४६ रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, दोल्ती पावरको मूल्य ८.२२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २९९ रूपैयाँ कायम भएको छ।
यसदिन सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रति कित्ता मूल्य ३५९ रूपैयाँ ७० पैसा पुगेको छ।
यसैगरी, प्रभु सेलेक्ट फण्डको मूल्य १०.२२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रूपैयाँ ८९ पैसामा सीमित भएको छ।
बिहीबार लिभर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २४६ रूपैयाँ १० पैसामा ४५ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको दुई हजार ९१० रूपैयाँमा २१ करोड १२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नप्से घटेको हो।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशतले घटेको छ।