शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा बन्द भएको हो।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ४ अर्ब रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४५ वटा धितोपत्रको एक करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्।
उपकार लघुवित्तको मूल्य सर्वाधिक १०.५३ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ७६३ रूपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, अभियान लघुवित्तको मूल्य १०.०९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ९१ रूपैयाँ कायम भएको छ।
यसदिन मल्टिपर्पोज फाइनान्सको सेयर मूल्य सर्वाधिक ५.१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रति कित्ता मूल्य ५३७ रूपैयाँ पुगेको छ।
यसैगरी, इमर्जिङ नेपालको मूल्य ४.२१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५९३ रूपैयाँ ९० पैसामा सीमित भएको छ।
शुक्रबार लिभर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २५२ रूपैयाँ २० पैसामा ३६ करोड ६६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.४८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको १ हजार ४३९ रूपैयाँमा १८ करोड ५१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नप्से बढेको हो।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ।