शुक्रबार नेप्से परिसूचक घटेको छ।
नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
बिहीबार ३ अर्ब ८७ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ३ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३५२ वटा धितोपत्रको एक करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
दोल्ती पावरको मूल्य सर्वाधिक ५.१४ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३२७ रूपैयाँ पुगेको छ।
यस्तै, भूगोल इनर्जीकोको मूल्य ४.२६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३०६ रूपैयाँ कायम भएको छ।
यसदिन मुक्तिनाथ म्युचुअल फण्ड २ को मूल्य सर्वाधिक ८.५० प्रतिशतले घटेको छ।
उक्त इकाइको मूल्य ९ रूपैयाँ १५ पैसा पुगेको छ।
यसैगरी, पाल्पा सिमेन्टको मूल्य ६.५५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५४२ रूपैयाँमा सीमित भएको छ।
शुक्रबार ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २७० रूपैयाँ ४० पैसामा २० करोड २२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा लक्ष्मी सनराइज बैंक रहेको छ। उक्त कम्पनीको २७९ रूपैयाँ ५० पैसामा १४ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले घटेको छ।