आर्थिक वर्ष २०७५/०७६ मा ९ अर्ब ३९ करोड ६२ लाख बरार लागत हुने प्रक्षेपन गरिएका होटल दर्ता भएका छन्। उद्योग विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७५ को साउनदेखि २०७६ को असार मसान्तसम्म ७० होटल दर्ता भएका हुन्।
कुल ४ सय ३७ वटा उद्योग दर्ता भएकोमा ७० वटा होटल दर्ता भएका हुन्। देशभरका विभिन्न जिल्लामा सञ्चालन हुने भन्दै स्वदेशी तथा विदेशी लगानीका होटल दर्ता भएका हुन्।
विभागमा दर्ता भएपछि ठूला होटलले वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य प्रक्रिया पछि भौतिक पूर्वाधार निमार्माणको काम गर्ने छन्।
दर्ता भएका होटल मध्ये विदेशी लगानी धेरै रहेको छ।
१ अर्बभन्दा माथि लगानी हुने प्रक्षेपन गरिएको होटल ल्यासा इन्टरनेशनल प्रालि रहेको छ। ८८ करोड लगानीमा विदेशी लगानी कर्ताले वर्णवास होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्ने विभागले जानकारी दिएको छ।
त्यस्तै ८३ करोड लगानीमा होटल द्वारिका इन पा.ली र चौधरी समुहले सिजी होटल एण्ड सुइट्स प्रालि सञ्चालन गर्न ७२ करोड लगानी गर्ने भएको छ।
६० करोड लगानीमा यती हस्पिट्यालिटी,विग होटल ३५ करोड लगानी र होटल सिया ल्याण्डमा ३३ करोड लगानी हुने बताइएको छ।
तथ्याङ्क अनुसार २४ करोड भन्दा माथि लगानी गरेर नोआज आर्क क्रियशन प्रालि सञ्चालन हुने भएको छ।
होटल संघ नेपालका अनुसार हाल नेपालमा कूल ४० हजार २ सय ६२ पर्यटकीय होटल छन्। यी होटलले वार्षिक प्रति रात १ करोड ४६ लाख ९५ हजार २६५ बेड उत्पादन गर्छन्।
संघले होटल क्षेत्रमा १ खर्ब बढीको लगानी र लाखौ रोजगारी सिर्जना भएको बताएको छ।