ट्याक्सी चलाउन पाउने माग सहित व्यवसायी र चालकहरुले यातायात व्यवस्था विभाग अगाडि सडकमै ट्याक्सी छोड्ने निर्णय गरेका छन्।
सरकारले व्यवसायीको माग सम्बोधन नगरेको कारण विभाग अगाडि सडकमा नै ट्याक्सी छाेड्ने निर्णय गरिएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
‘चालकहरु भोकले मर्ने स्थिति आइसक्यो त्यही भएर आन्दोलन गर्नु परेको हो। हाम्रो माग पुरा नभएसम्म ट्याक्सी यहीं छोड्छौँ र सडकमै खाना पकाएर खान्छौँ,’ उनले सेतोपाटीसँ भने।
हाल विभाग अगाडि सडकमा करिव ४ सय ५० ट्याक्सी रहेको र भोलिबाट अन्य चालकले पनि ल्याउने श्रेष्ठले जानकारी दिए।
ट्याक्सी चलाउन पाउनु पर्ने मागसहित व्यवसायी र चालकले केही दिन अगाडि यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाललाई ज्ञापन पत्र बुझाएका थिए।
मागको सुनुवाई नभएपछि उनीहरुले आज दिनभर यातायात व्यवस्था विभाग घेराउ गरी नाराबाजी समेत गरेका हुन्।
याे पनि हेर्नुस्
'ऋण थपियो सरकार, निन्द्रा लागेन'