नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालनका बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने जनाएको छ।
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार माध्यमबाट मात्रै थाहा पाएको र यसभित्रका कार्यविधिमा अझै स्पष्टता नभएका कारण शुक्रबार आयोजना गरिएको महासंघको आकास्मिक बैठकपछि मात्रै आधिकारिक धारणा दिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘यातायात सञ्चालन कसरी गर्ने, सुरक्षाको उपकरण कसले उपलब्ध गराउने लगायतका कुरा अस्पष्ट छन्। भोलिको बैठकपछि मात्रै हाम्रो आधिकारिक धारणा आउँछ,’ सिटौलाले सेतोपाटीसँग भने।
बिहीबार मन्त्रिपरिषदका बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताएका थिए।
निर्णय अनुसार अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान सक्छन्।
सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्नेछ।
त्यस्तै सिटक्षमताभन्दा आधा मात्रै यात्रु बोक्न पाइने हुनाले तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने खतिवडाले जानकारी दिए।
याे पनि हेर्नुस्
जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिइने