लेमिनार टायल्सले काठमाडौंको कलंकीमा नयाँ डिलर शोरूम सञ्चालनमा ल्याएको छ।
टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलर बनाउँदै बुधबार विशेष समारोहमार्फत शोरूम उद्घाटन गरिएको हो।
टन्केश्वर टाइल एण्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारी तथा लेमिनार टायल्सका निर्देशक अभिनभ चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको शोरूमको उद्घाटन गरेका हुन्।
कार्यक्रममा निर्देशक चुरिवालले देशभर एक सयभन्दा बढी विशेष शोरूम विस्तार गर्ने योजना रहेको बताए।
बर्दियाको गुलरियास्थित १२.५ बिगाहा क्षेत्रमा अत्याधुनिक युरोपेली प्रविधिबाट उत्पादन हुँदै आएको लेमिनार टायल्सले पाँच फरक आकारका पाँच सय भन्दा बढी आकर्षक डिजाइन बजारमा ल्याएको छ।
पूर्ण भिट्रिफाइड यी टायल्स ९९.९२ प्रतिशत वाटरप्रुफ र अन्य सेरामिक टायल्सभन्दा चार गुणा बढी टिकाउ रहेको कम्पनीले जनाएको छ।