बजारमा अण्डाको मूल्य बढेको छ।
नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट ५ रूपैयाँका दरले अण्डाको मूल्य बढाएको हो।
'हामीले बैठक बसेर आजबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका हौं,' संघका अध्यक्ष विनोद पोखरेलले भने।
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।
अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट ४ सय ४५, ठूलो अण्डा चार सय ६५ र एक्स–एल अण्डा प्रतिक्रेट चार सय ८० रूपैयाँ पुगको छ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ४०, ठूलो अण्डा चार सय ६० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय ७५ रूपैयाँ थियो।
यो किसानले पाउने मूल्य हो। किसान मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढ्ने छ।