नेपाल डेरी एसोसिएसनको २७औं वार्षिक साधारण सभा तथा ९औं राष्ट्रिय महाधिवेशन पनौतीमा सम्पन्न भएको छ।
रैथाने भिल्लामा आयोजित महाधिवेशनबाट नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल प्रमुख अतिथि थिए।
उनले पशुपालन र कृषि नेपालको अर्थतन्त्रको मुख्य आधार भएको भन्दै उत्पादन बढाउन सरकार कृषक र व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताए।
महाधिवेशनबाट प्रल्हाद दाहाल पुनः अध्यक्षमा निर्वाचित भएका छन्। साथै विभिन्न पदाधिकारी र सदस्यहरू निर्विरोध चयन भएका छन्।
सो अवसरमा डेरी क्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मान र प्रशंसापत्र प्रदान गरिएको थियो।