प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै ऐतिहासिक क्षणलाई उत्सवका रूपमा मनाउँदै नयाँ उपभोक्ता अभियान सार्वजनिक गरेको छ।
'डेभिल्स खाउँ, मुम्बई जाउँ' नामक यस अभियानमार्फत क्रिकेटप्रेमी नेपाली समर्थकलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ ।
यस अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले मुम्बईस्थित विश्वप्रसिद्ध वानखेड़े स्टेडियममा आगामी फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० विश्वकप खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन्।
विश्व क्रिकेटका प्रतिष्ठित रंगशालामध्ये एक मानिने वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु खेल हेर्ने अवसर दिएर डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य लिएको छ।
'डेभिल्स खाउँ, मुम्बई जाउँ' अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ।
सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्ने, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्ने र तीन जना साथीहरूलाई ट्याग गर्नुपर्नेछ। पोस्ट सेयर गर्न पनि प्रोत्साहन गरिएको छ।
विजेताले प्राप्त गर्ने पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेक फास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, प्रमुख पर्यटकीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेड़े स्टेडियमसम्मको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ।
अभियानबारे एसियन थाई फुडका निर्देशक आशिष जाजुले टी–२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण राष्ट्रका लागि गर्वको विषय भएको उल्लेख गर्दै यस अभियानमार्फत समर्थकलाई इतिहासको साक्षी बनाउने उद्देश्य रहेको बताए।
डेभिल्सले यस अभियानमार्फत नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै खेलकुदले जोड्ने उत्साह र भावनालाई अझ सशक्त बनाएको बताइएको छ।