नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को जिल्ला/नगर उपाध्यक्षमा अञ्जन श्रेष्ठ पक्ष कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन्।
महासंघ निर्वाचन समितिअनुसार शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरी विजयी बनेका हुन् ।
जिल्ला नगर उपाध्यक्ष पदमा उमेश डालमियाले ५० र कल्पना गैरेले ३० मत प्राप्त गरे।
दुई जना निर्वाचित हुने जिल्ला/नगर उपाध्यक्ष कलष्टरमा चार जनाको उम्मेदवारी थियो ।
महासंघको निर्वाचनमा अञ्जन श्रेष्ठ र हेमराज ढकाललले प्यानल तय गरेका थिए।
अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन्।