इ-कमर्स प्लेटफर्म जिट्राडिया डट कम (जिट्राडिया–वियोन्ड बोर्डर्स) औपचारिक रूपमा सञ्चालनमा आएको छ।
यो नेपालकै पहिलो यस्तो मञ्च हो, जसले नेपाली ग्राहक तथा व्यवसायीहरूलाई विश्वभरका लाखौँ उत्पादनहरूमा प्रत्यक्ष पहुँच पुर्याउने छ।
कम्पनीले गुणस्तरीय उत्पादनहरूलाई प्रतिस्पर्धी तथा किफायती मूल्यमा उपलब्ध गराउँदै अनलाइन खरिददारीलाई पहुँचयोग्य र व्यवस्थित बनाउने लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय तथा स्थानीय बजारबाट सामान मगाउँदा आइपर्ने जोखिम कम गर्न कम्पनीले सामानको बीमा र भुक्तानीलाई थप सरल बनाउन आफ्नै रोजाइको बैंकबाट सोझै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ।
अर्डर गरिएका सामानहरू ट्रान्सफर/डेलिभरीका क्रममा सुरक्षित रहोस् भन्नका लागि सामानको बीमाको व्यवस्था गरिएको छ, जसले गर्दा ग्राहकलाई सामान हराउने वा बिग्रिने डर हुँदैन। त्यस्तै ग्राहकहरूले कुनै झन्झटविना आफ्नो रोजाइको वा आफूसँग भएको जुनसुकै बैंक खाताबाट सोझै रकम भुक्तानी गर्न सक्नेछन्।
‘वियोन्ड बोर्डर्स भन्ने नाराका साथ अघि बढेको यस प्लेटफर्मले नेपाली उपभोक्ताहरूलाई विश्वव्यापी आपूर्ति शृङ्खलासँग जोड्दै सुरक्षित र झन्झटमुक्त डेलिभरी दिने प्रतिबद्धता व्यक्त गरेको छ।
मुख्य विशेषताहरू:
असीमित विश्वव्यापी खोजी:अन्तर्राष्ट्रिय बजारका लाखौँ सामग्रीहरू सजिलै खोज्न र अर्डर गर्न सकिने।
झन्झटमुक्त डेलिभरी: सुरक्षित र व्यवस्थित तरिकाले सामान घरदैलोमा पुर्याइने।
विश्वासिलो गुणस्तर: गुणस्तरीय सामानहरूको ग्यारेन्टी।
नेपाली व्यवसायको प्रवर्द्धन:नेपाली साना तथा ठूला व्यवसायीहरूलाई विश्वव्यापी आपूर्ति शृङ्खलासँग जोड्न मद्दत पुग्ने।