नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देवको नाम सिफारिस गरेको हो।
कार्यकारी निर्देशक छनोट प्रक्रियामा अन्तर्वार्ताका लागि कौशल केसी, सिए नागेन्द्र साह, सञ्जीवकुमार देव, सुशील भट्टराई, चन्द्रबहादुर कार्की, दिनेशकुमार घिमिरे, राजेशकुमार मिश्र, विष्णुप्रसाद पौडेल र हरिप्रसाद पौडेल छनोट भएका थिए।
सिफारिस समितिको साउन १७ गते बसेको बैठकले व्यावसायिक कार्ययोजना, अन्तर्वार्ता र मूल्यांकन आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई वर्णानुक्रमका आधारमा सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले गत असार २ गते खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो।
सिफारिस गरिएका तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नेपाल आयल निगमको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ।