काठमाडौं टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।
उक्त स्टोर भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको समेत जानकारी कम्पनीले दिएको छ।
यस अवसरमा सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत साथ रहने अपेक्षा कम्पनीको छ।