सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिले 'मंगलदीप सेन्ट ३ इन १' अगरबत्ती नेपालमा सार्वजनिक गरेको छ।
नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध-'एब्सोल्युट', 'रोयल' र 'इन्टेन्सिटी'-एउटै प्याकमा समावेश गरिएको कम्पनीले जनाएको छ।
परम्परागत सुगन्धसँग आधुनिक अनुभवलाई जोड्दै मंगलदीप सेन्ट ३ इन १ नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखेर विकास गरिएको कम्पनीको भनाइ छ।
चारकोलरहित तथा लामो समयसम्म टिकिरहने सुगन्ध यसको प्रमुख विशेषता रहेको जनाइएको छ।
एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मुड वा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्नेछन्।
सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तायलले नयाँ उत्पादनले नेपाली उपभोक्ताका लागि नवीन र सोचविचारपूर्वक तयार पारिएका उत्पादन ल्याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताए।
'परफ्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत हामीले उपभोक्तालाई स्वस्थकर विकल्प र थप आनन्ददायी दैनिक अनुभव दिन खोजेका हौँ,' निर्देशक तायलले भने, 'सेन्ट ३ इन १ लाई सार्वजनिक गरी नेपाली उपभोक्तालाई बुझ्दै र उनीहरूको बदलिँदो आवश्यकताअनुसार अघि बढ्दै जाने हाम्रो निरन्तर लगानीलाई पुनः पुष्टि गर्दछ।'
मंगलदीप अगरबत्तीको क्षेत्रमा लामो समयदेखि स्थापित ब्रान्डका रूपमा रहँदै आएको कम्पनीले जनाएको छ।
सेन्ट ३ इन १ मार्फत ब्रान्डले परम्परा र आधुनिक सुगन्ध अनुभवलाई एकै ठाउँमा ल्याउँदै आफ्नो उत्पादन पोर्टफोलियोलाई थप विस्तार गरेको जनाएको छ।
मंगलदीप सेन्ट ३ इन १ १०० रूपैयाँ र २०० रूपैयाँका प्याकमा उपलब्ध हुनेछ।
यो उत्पादन नेपालभरका किराना पसल, जनरल ट्रेड तथा मोडर्न ट्रेड आउटलेटमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
मंगलदीपको पोर्टफोलियोमा चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डरलगायत विभिन्न लोकप्रिय सुगन्ध रहेका छन्।