मोबाइल व्यवसायीहरूको छाता संस्था ताम्राकार मोबाइल व्यापार संघको अध्यक्षमा अनिल ढकाल निर्वाचित भएका छन्।
आगामी दुई वर्षे कार्यकालका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
ढकाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए।
न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सकामा रहेका व्यवसायीहरूको संस्था संघमा ८५ बढी व्यवसायी आबद्ध छन्।
१३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भुवनरत्न तुलाधर र उपाध्यक्षमा निर्जसजंग कार्की, सचिवमा रमण पराजुली, सह–सचिव र कोषाध्यक्षमा मोती कोइराला निर्वाचित भएका छन्।
सचिवमा पराजुली र कोषाध्यक्षमा कोइराला दोहोरिएका हुन्।