नेपालको अनलाइन सपिङ गन्तव्य दराज नेपालले बहुप्रतीक्षित १०.१० दसैं धमाकाः बडा दसैं, धमाकेदार डिल्स सार्वजनिक गरेको छ।
अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ (असोज १५ देखि २६, २०८२) सम्म सञ्चालन हुने १०.१० दसैं धमाका अन्तर्गत विभिन्न उत्पादन तथा श्रेणीमा ६५ लाख रूपैयाँसम्मका भाउचर, निःशुल्क डेलिभरी र ७५ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ।
दसैंमा पाहुनाको स्वागतका लागि घर तयार गर्ने, चाडपर्वका लागि नयाँ पहिरन छनोट गर्ने तथा आफन्त र प्रियजनका लागि उपहार किन्ने क्रमसँगै हरेक किनमेल उत्सवकै एउटा हिस्सा बन्छ।
यही दसैंको उत्साहलाई थप विशेष बनाउन दराज १०.१० दसैं धमाकाले आकर्षक अफर, लोकप्रिय ब्रान्ड तथा सहज अनलाइन सपिङ अनुभवलाई एकै ठाउँमा ल्याएको छ, जसबाट नेपालभरका उपभोक्ताले दसैंको तयारी गर्दै थप बचतका साथ पर्व मनाउन सक्नेछन्।
दसैंको उत्साहलाई थप बढाउँदै उपभोक्ताले विभिन्न श्रेणी र साझेदार ब्रान्डका सीमित अवधिका अफरसहित दैनिक फ्ल्यास सेल्सको लाभ लिन सक्नेछन्।
दराजका प्ल्याटिनम् पार्टनर्स–होनासा, मिनिमलिस्ट, ग्रिन लाइफ एक्सपिरियन्स, एङ्कर, रोह्टो र आइबिबीबाट ६७ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ।
त्यस्तै, गोल्ड पार्टनर्स ब्र्यांडहाउस, पी एण्ड जी, पिक एण्ड एर्के, अक्र्स फुड र भेदन्तले ७० प्रतिशतसम्मको छुट प्रदान गर्नेछन् भने सिल्भर पार्टनर्स फ्यानटेक, त्रिकाया, एसपिएन'एस र माटो नेपालले ६५ प्रतिशतसम्मको दसैं अफर ल्याएका छन्।
दसैंको किनमेलको उत्साहलाई थप रोमाञ्चक बनाउन अभियान अवधिभर विशेष अफर र सीमित समयका विभिन्न सपिङ मोमेन्ट्स समेत सञ्चालन हुनेछन्।
अभियानको सुरुवात अक्टोबर १ राति ८ बजेदेखि अक्टोबर २ बिहान २ बजेसम्म क्रस क्याटगोरी ब्रान्ड रश आवरबाट हुनेछ, जहाँ विभिन्न श्रेणीका ब्रान्डका आकर्षक अफर उपलब्ध हुनेछन्।
त्यसपछि अक्टोबर २ र अक्टोबर ११ मा राति ८ बजेदेखि १० बजेसम्म क्रेजी प्राइस ड्रप अन्तर्गत विशेष रूपमा छनोट गरिएका उत्पादनमा आकर्षक मूल्यका अफर उपलब्ध हुनेछन्।
त्यस्तै, राति ८ बजेदेखि मध्यरातसम्म ब्रान्ड रश आवर्स अन्तर्गत विभिन्न दिन विशेष श्रेणीका अफर उपलब्ध हुनेछन्।
फ्यासन शनिबार (अक्टोबर ३), न्यु ब्रान्डस् आइतबार (अक्टोबर ४), दराज च्वाइस सोमबार (अक्टोबर ५), इलेक्ट्रोनिक्स मंगलबार (अक्टोबर ६), लाइफ स्टाइल बुधबार (अक्टोबर ७) र एफएमसीजी बिहिबार (अक्टोबर ८) मा सम्बन्धित श्रेणी तथा ब्रान्डका विशेष अफरमार्फत उपभोक्ताले थप बचतका अवसर पाउनेछन्।
डिजिटल सपिङमा दसैंको परम्परागत स्वाद थप्दै उपभोक्ताले छनोट गरिएका विक्रेताबाट ३ हजार रूपैयाँसम्मका दसैं दक्षिणा भाउचर समेत प्राप्त गर्न सक्नेछन्, जसले दसैंको किनमेललाई अझ विशेष र लाभदायी बनाउनेछ।
यस दसैंमा बचत गर्ने थप अवसर
दसैंको किनमेललाई थप लाभदायी बनाउन दराजले ५ वटा अग्रणी बैंकसँग सहकार्य गरी विशेष प्रि पेमेन्ट अफर ल्याएको छ।
योग्य क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५०० रूपैयाँ तथा योग्य डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म, अधिकतम १ हजार रूपैयाँ छुट प्राप्त गर्न सकिनेछ।
यी अफरहरू हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंक मार्फत उपलब्ध हुनेछन्, जसले दसैंको तयारीका क्रममा उपभोक्तालाई थप बचत गर्ने अवसर प्रदान गर्नेछ।
त्यस्तै, ईसेवा र खल्ती का प्रयोगकर्ताले पनि विशेष रश आवर डिल्स मार्फत १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्, जसले हरेक दसैं किनमेललाई थप मूल्यवान बनाउनेछ।
यस दसैंमा किनमेलसँगै ठूलो उपहार जित्ने अवसर!
१०.१० दसैं धमाकाको उत्साह छुटमा मात्र सीमित छैन। दराज नेपालले अभियान अवधिभर विभिन्न आकर्षक गिभअवे तथा पुरस्कार समेत ल्याएको छ।
न्यूनतम २ हजारको चेकआउट अर्डर गर्ने एक भाग्यशाली उपभोक्ताले सुजुकी एक्सेस एफ आइ १२५ सिसी स्पेसल एडिसन बिएस ६ स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्।
त्यस्तै, उपभोक्ताले टेलिटक (बोट), एसपिएन'एस, सेटाफिल, सफारी ब्याग्स नेपाल र होनासा लगायतका ब्रान्डका आकर्षक उत्पादनसहितका दैनिक गिभअवेमा सहभागी हुने अवसर पाउनेछन्।
दसैंका थप उपहार अन्तर्गत ग्लेन नेपालबाट थाइल्यान्ड भ्रमण, सिल्भर सिक्सबाट ३१ हजार रूपैयाँ मूल्य बराबरको कम्बो गिफ्ट सेट, मामाअर्थबाट ६५ हजार रूपैयाँ मूल्यको आइकनिक थ्री इन वन एक्सप्रेस स्टाइलर तथा रोह्टोबाट १ लाख ५ हजार रूपैयाँ मूल्यको स्यामसंग फ्रन्ट लोड वाशिङ मेसिन लगायतका पुरस्कारसमेत जित्ने अवसर हुनेछ।
दसैंको बचत, दैनिक फ्ल्यास सेल्स, बैंक अफर, निःशुल्क डेलिभरी, आकर्षक गिभअवे तथा अग्रणी ब्रान्डका विशेष अफरसहित दराज १०.१० दसैं धमाकाले नेपालभरका उपभोक्तामाझ दसैंको किनमेलको उत्साहलाई थप नजिक ल्याउने कम्पनीको भनाइ छ।