चालु आर्थिक वर्षको ११ महिनामा विदेशी लगानी प्रतिबद्धता ६० अर्ब ६१ करोड रूपैयाँ पुगेको छ।
उद्योग विभागका अनुसार जेठ महिनामा मात्रै तीन अर्ब ५४ करोड रूपैयाँले लगानी प्रतिबद्धता बढेको छ।
७१७ लगानीकर्ता तथा कम्पनीबाट गरिएको यो लगानीले ७ हजार ११६ रोजगारी सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ।
११ महिनामा आएको लगानी प्रतिबद्धतामध्ये सबैभन्दा बढी सेवा क्षेत्रमा ३० अर्ब ४५ करोड रूपैयाँ छ।
पर्यटन क्षेत्रमा २३ अर्ब ९४ करोड आइसिटी क्षेत्रमा एक अर्ब ५७ करोड र उत्पादन क्षेत्रमा ३ अर्ब १२ करोड रूपैयाँको लगानी स्वीकृत गरिएको छ।
गत आर्थिक वर्ष (२०८०/८१) को तुलनामा यस वर्ष विदेशी लगानी प्रतिबद्धतामा वृद्धि देखिएको छ। विशेष गरी, पर्यटन र सेवा क्षेत्र नै विदेशी लगानीकर्ताको प्राथमिकता बनेको छ।