आर्थिक वर्ष २०८१२/८३ को पहिलो महिना नै राजस्वमा उल्लेखनीय कमी आएको छ। जबकी सरकारले गत वर्षको भन्दा २६ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य राखेको छ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउन मसान्तसम्म ८४ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.६३%ले कमी हो।
आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा ९४ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यस हिसाबले यो वर्ष १० अर्ब रुपैयाँ राजस्व कम उठेको हो।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार साउन महिनामा कर राजस्व ७७ अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ। त्यस्तै गैरकर राजस्व १७ अर्ब ४१ करोड रूपैयाँ संकलन भएको छ।
यो अवधिमा सरकारले २ अर्ब २१ करोड रुपैयाँ अन्य प्राप्ति गरेको छ। समग्रमा साउन महिनामा सरकारले ८५ अर्ब ५१ करोड रुपैयाँको आम्दानी गरेको छ।
आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी खर्च ४६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
यो खर्चमध्ये १८ अर्ब ४८ करोड चालु, ७२ करोड पुँजीगत र २७ अर्ब १० करोड वित्तीय व्यवस्थापन शीर्षकमा भएको छ।