नेपाल तयारी पोशाक उद्योग संघले निर्यातमा नगद अनुदान कटौतीले नेपाली वस्तुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समस्या पर्ने जनाएको छ।
संघले बुधबार विज्ञप्ती जारी गर्दै निर्यात प्रवर्द्धनको लागि हालसम्म कायम रहेको अनुदानको व्यवस्था पूर्ववत रूपमा उपलब्ध गराउन आग्रह गरेको हो।
हालै उद्योग विभागले थप दायित्व सिर्जना हुनेगरी नगद अनुदानको लागि निवेदन नलिने जानकारी गराएको थियो।
सरकारको यो निर्णयले लगानी विस्तार, उत्पादन, निर्यात र रोजगारीमा समस्या पर्ने संघको भनाइ छ।
'छिमेकी मुलुकहरूको तुलनामा नेपालको समुन्द्री मार्गसम्मको पहुँच धेरै टाढा पर्ने भएको कारण लागत बढी हुने गरेकोको नगद अनुदानले प्रतिस्पर्धा गर्न सजिलो भएको थियो। नगद अनुदानको निवेदन नलिने निर्णयले दीर्घकालीन रूपमा निर्यातमा नकरात्मक असर गर्छ,' संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
संघले सरकारको निर्णय फिर्ता लिन र निर्यात गरिएको वस्तुको मूल्य अभिवृद्धिकर फिर्ता प्रक्रियालाई काजगरिहत बनाउनको लागि सरकारलाई आग्रह गरेको छ।