अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको रूपैयाँ अमेरिकी डलरको तुलनामा आगामी वर्षहरूमा क्रमशः कमजोर हुँदै जाने नयाँ अनुमान सार्वजनिक गरेको छ।
नोभेम्बर २६ मा प्रकाशित प्रतिवेदनमा आइएमएफले भारूको अवमूल्यन पहिले अनुमान गरिएभन्दा बढी हुने उल्लेख गरेको हो।
आइएमएफ को प्रक्षेपण अनुसार आर्थिक वर्ष २०२५ सम्म (१ अप्रिल २०२४ देखि ३१ मार्च २०२५) मा एक डलर बराबर ८४.६ भारू हुने, आर्थिक वर्ष २०२६ मा यस्तो विनिमयदर ८७ भारू हुने र आर्थिक वर्ष २०२७ मा ८७.७ भारू हुनेछ।
यसअघि आर्थिक वर्ष २०२५ सम्ममा यस्तो विनिमय दर ८२.५ भारू हुने अनुमान गरिएको भएपनि थप अवमूल्यन हुने देखिएको हो।
गत नोभेम्बर २१ मा भारूको विनिमय दर इतिहासकै सबैभन्दा कमजोर बनेको थियो। सो समय एक डलरलाई भारतीयहरूले ८९.४९ भारू तिरिरहेका थिए।
यसअघि भारतको विनिमय दर स्थिरता तर्फ रहेको (स्टेबलाइज्ड) मा आइएमइफले वर्गिकृत गरेकोमा अहिले बिस्तारै बिस्तारै अवमूल्यकन भइरहेको मुद्रा (क्रल लाइक्ड) मा वर्गीकरण गरेको हो।
भारू कमजोर हुने नयाँ अनुमानका कारण आइएमएफले भारतको डलरमा मापन हुने कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पनि संशोधन गरेको छ।
यसअघि आर्थिक वर्ष २०२७-२८ मा भारतीय अर्थतन्त्र ५० खर्ब डलरको अर्थतन्त्र बन्ने मनिएकोमा यस्तो लक्ष्य एक वर्ष पछि पुरा हुने उल्लेख गरेको छ।
आइएमएफले कमजोर भारू, न्यून वृद्धि, र विनिमय दरमा फेरिएको अवस्थाको कारण भारतकोअर्थतन्त्रको आधार मा प्रत्यक्ष प्रभाव परेको छ।
तर, प्रतिवेदनले भारत अझै पनि विश्वकै छिटो बढिरहेका ठूला अर्थतन्त्रमध्ये रहने उल्लेख गरेको छ।
भारू कमजोर हुने प्रक्षेपणसँगै नेपाली मुद्रा पनि कमजोर बन्ने देखिएको हो।
अहिले नै नेपालमा एक डलर बराबर एक सय ४३ रूपैयाँ विनिमय दर कायम छ।
भारूसँग नेपाली मुद्राको विनिमय दर स्थिर (पेग्ड) राखिएकोले भारू अवमूल्यन हुँदा नेपाली मुद्रा पनि डलरसँग अवमूल्यन हुँदै जानेछ।