साउदेखि मंसिर महिनासम्मको अवधिमा नेपालबाट एक खर्ब १६ अर्ब रूपैयाँ बराबरको सामान विदेशी बजारमा बिक्री गरिएको छ।
एक खर्ब १६ अर्ब रूपैयाँको विदेशी मुद्रा भित्र्याउने क्रममा १० वटा वस्तुको मात्रै हिस्सा ५७ प्रतिशत देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार ४६ अर्ब ५५ करोड रूपैयाँ बराबरको प्रशोधित भटमासको तेल मात्रै निर्यात भएको छ। यो अवधिमा यस्तो तेलको मात्रात्मक र मूल्य दुवै हिसाबले ५ गुणाले बढेको छ।
अलैँचीको निर्यातबाट ५ अर्ब ५३ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा आएको छ।
अलैँचीको मात्रात्मक निर्यात २६ प्रतिशतले बढेपछि मूल्य वृद्धिले मूल्यगत आधारमा ६० प्रतिशतको वृद्धिदर छ।
५ अर्ब २१ करोड रूपैयाँ बराबरको धागोको निर्यात भएको छ।
अघिल्लो वर्षको तुलनामा भने धागो मात्रात्मक निर्यात ३ र निर्यात मूल्य ८ प्रतिशतले घटेको छ।
४ अर्ब १४ करोड रूपैयाँ बराबरको ऊनी गलैँचाको कार्पेट, ३ अर्ब ७४ करोड रूपैयाँ बराबरको तयारी कपडा ३ अर्ब ७३ करोड रूपैयाँ बराबरको सूर्यमुखी प्रशोधित तेलको निर्यात भएको छ।
त्यस्तै, ३ अर्ब ७ करोड रूपैयाँ बराबरको फलफूलको जुस, दुई अर्ब ८२३ करोड रूपैयाँ बराबरको जुटबाट बुनिएका कपडा, दुई अर्ब ८२ करोड रूपैयाँ बराबरको प्रशोधित पाम तेल र २ अर्ब ६३ करोड रूपैयाँ बराबरको जमोठ कपडाको निर्यात भएको छ।