अर्थमन्त्री रामेश्वर खनालले लगानीका लागि वातावरण बने पनि लगानी नभएको बताएका छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले लगानीको वातावरण सिर्जना भइसकेको बताएका हुन्।
‘यो सरकार बनेपछि निजी क्षेत्रसँग संवाद गरेर समस्या कसरी समाधान गर्ने भनेर काम गरेको छ। यस बीचमा अर्थतन्त्रका सूचक राम्रा छन्।लगानीका लागि अनुकूल वातावरण हो। तर लगानी भएको छैन,’ उनले भने।
उनले अझै पनि मनोबल किन नबढेको भन्ने विषयमा सर्वपक्षीय छलफलले सहयोग गरेको पनि बताए।