भारतले नेपाललाई आर्थिक वर्ष २०२६/२७ का लागि १२ अर्ब ८० करोड रूपैयाँ (भारतीय ८ अर्ब रूपैयाँ) वार्षिक आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
आगामी आर्थिक वर्षको लागि भारतीय अर्थमन्त्री निर्माला सीतारमणले प्रस्तुत गरेको बजेटमा नेपाललfई दिइने आर्थिक सहयोग बढाइएको हो।
भारतले चालु आर्थिक वर्ष २०२५/२६ का लागि सुरूमा नेपाललाई ११ अर्ब १८ करोड रूपैयाँ (भारतीय ७ अर्ब रूपैयाँ) सहयोग छुट्ट्याएको थियो।
पछि उक्त रकम संशोधन गरी १३ अर्ब २८ करोड रूपैयाँ (भारतीय ८ अर्ब ३० करोड रूपैयाँ) पुर्याइएको थियो।
भारत सरकारबाट प्राप्त हुने यो सहयोग रकम पूर्वाधार विकास, सामाजिक क्षेत्र, सीमा क्षेत्रका आयोजना तथा द्विपक्षीय सहकार्यका कार्यक्रमहरूमा प्रयोग गरिने गरेको छ।