राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत वृद्धिदर रहेको संशोधित अनुमान छ।
सरकारले बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो।
एसियाली विकास बैंकले २.३ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ भने विश्व बैंकले २.७ प्रतिशतको प्रक्षेपण गरेको छ।
यस्तै चालु वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।
गत वर्षको संशोधित अनुमान अनुसार ६१ खर्ब ९९ अर्ब रूपैयाँ रहेको देखिएको छ।